युद्धविराम उल्लङ्घन भए ‘कडा जवाफ दिने’ इजरायलको चेतावनी

 संवाददाता    २०८२, ११ असार बुधबार ०९:०७     257 जनाले पढ़िसके



Spread the love

संयुक्त राष्ट्र सङ्घका लागि इजरायलका राजदूत ड्यानी डानोनले इरानसँगको युद्धविराम उल्लङ्घन भएमा इजरायलले ‘कडा जवाफ’ दिने बताएका छन्।

मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै डानोनले यस्तो बताएका हुन् ।

बैठकमा सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा खेलेको भूमिकाका लागि धन्यवाद समेत दिएका थिए । उनले इजरायलले इरानी शासनका लक्ष्यमाथि आक्रमण गरेर गम्भीर क्षति पुर्‍याएको बताए ।