विद्युतीय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई गैरकानुनी थुनामा राखेको भन्दै उनका बुवा बलदेव बस्नेत बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
सोमबार बलदेवले दायर गरेको बन्दी रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको छ ।सुनुवाइ सकिएकाले आजै बस्नेतलाई थुनामा राख्ने वा छाड्ने भन्ने आदेश आउनेछ ।
सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् ।