विदेशमा नेपाली दूतावासको फोन नउठेमा सिधै नेपालमा ट्रान्सफर हुने व्यवस्था मिलाइँदै

 संवाददाता    २०८२, १० असार मंगलवार १३:२४     177 जनाले पढ़िसके



Spread the love

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका नेपाली दूतावासको फोन नउठेमा सिधै नेपालमा ट्रान्सफर हुने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

श्रममन्त्री शरतसिंह भण्डारीले विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले दूतावासबाट फोन नउठेको खण्डमा निश्चिन्त समयपछि उक्त कल नेपालस्थित कल सेन्टरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन लागिएको बताएका हुन् ।

‘दूतावासमा फोन उठेन भने निश्चित समय पश्चात् त्यो कल नेपाल स्थित कल सेन्टरमार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको जानकारी म यो सम्मानित सांसदलाई दिन चाहन्छु,’ मन्त्री भण्डारीले भने ।

मन्त्रालयबाट विदेशमा खटाइका श्रम कन्सुलर र श्रम सहचारीहरूसँग श्रम तथा कन्सुलर सेवाका लागि ठुलो सङ्ख्यामा व्यक्तिहरूले जानकारी लिन चाहने गरेको उनको भनाइ छ ।