सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि सोमबार गठन गरेको सात सदस्यीय उच्चस्तरीय छानबिन समितिको नामावली सार्वजनिक गरेको छ।
गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभा बैठकमा छानबिन समितिमा रहेका सदस्यहरूबारे जानकारी दिएका हुन्।
उनका अनुसार शंकरदास वैरागीको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज अर्याल सदस्य छन्
यस्तै, कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणराज जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बालकृष्ण लामिछाने,परराष्ट्र मन्त्रालयका सहसचिव मनिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृहमन्त्रालयका सहसचिव आनन्द काफ्ले छन्। समितिलाई एक महिनाको समय दिइएको छ।