बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

 संवाददाता    २०८२, १० असार मंगलवार १०:४२     122 जनाले पढ़िसके



Spread the love

काठमाडौं । बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा समसामयिक विषयमा छलफल भइरहेको हो ।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । बजेट पारित गर्नुअघि सत्तारुढ दलको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी. शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी रहेको बताइएको छ ।