काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडे पनि हवाई क्षेत्र बन्द भएकोले मस्कट डाइभर्ट भएको जहाज पुनः दोहामा अवतरण भएको छ ।
कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेसँगै काठमाडौँबाट उडेको कतार एयरवेज विमान दोहामै अवतरण गरिएको हो ।
यो विमान नेपाली समय अनुसार गए राति २ः२९ बजे दोहा ल्याण्ड भएको हो ।
हवाई यातायात पुनः सुरु भएसँगै विभिन्न गन्तव्यका लागि कतारमा रोकिएका उडानहरू नियमित भएका छन् ।