चलचित्र ‘हर्ष’ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने

 संवाददाता    २०८२, ९ असार सोमबार १६:४९     227 जनाले पढ़िसके



Spread the love

एकता पौडेलको निर्देशनमा डेब्यु चलचित्र ‘हर्ष’ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माण पक्षले चलचित्रको टाइटल भिडियो सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति जानकारी दिएको हो ।

चलचित्रको सम्पूर्ण छायाङ्कन चितवनमा नै गरिएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।

चलचित्रका निर्माता प्रसन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । फिल्मको वितरण काफिया फिल्मस्‌ले गर्नेछ ।