अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध मुद्दा दायर

 संवाददाता    २०८२, ९ असार सोमबार १५:२९     204 जनाले पढ़िसके



Spread the love

अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिको मुद्दा दर्ता भएको छ ।

चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव भोगेको भन्दै झापाका नरेन्द्रबहादुर श्रेष्ठले योग्यता भण्डारीको वारेसमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन् ।

अभिनेता केसीले चलचित्रको नायिकालाई दिएको मोबाइल आफ्नो भएको दाबी फिरादपत्रमा गरिएको छ । चलचित्रमा अभिनेता केसीले निभाएको पात्रले चलाएको मोबाइलमा देखिने नम्बर आफ्नो भएको र चलचित्र सार्वजनिक भएपछि दिनहुँ अपरिचित व्यक्तिबाट सयौँ फोन आएर आफू मानसिक तनावमा परेको निवेदनमा भनिएको छ ।

उनले उचित क्षतिपूर्ति सहित विपक्षीलाई कारबाहीको माग समेत गरेका छन् ।