सलमानको मस्तिष्कमा गम्भीर समस्या रहेको खुलासा

 संवाददाता    २०८२, ९ असार सोमबार १३:५९     394 जनाले पढ़िसके



Spread the love

सलमान खानको मस्तिष्कमा एनेयुरिज्म र एभी मालपर्फर्मेन्सको समस्या रहेको खुलासा भएको छ। एनेयुरिज्म भनेको यस्तो अवस्था हो जसमा मस्तिष्कको नसा सुन्निन्छ र यदि यो फुट्यो भने घातक स्ट्रोक पनि हुन सक्छ।

कपिल शर्माको कार्यक्रममा सलमान खान आफैँले यो कुरा बताएका हुन्। सलमानले अझै पनि गम्भीर स्वास्थ्य अवस्थाबिच आफूले काम गरिरहेको बताए । ‘हामी हरेक दिन हड्डी भाँचिरहेका छौँ। करङ भाँचिएको छ। यी सबैका बाबजुद पनि, म काम गरिरहेको छु,’ उनले भने ।

एनडीटीभीको रिपोर्ट अनुसार, सलमानले पहिलो पटक २०१७ मा दुबईमा फिल्म ‘ट्यूबलाइट’ को प्रमोसनको क्रममा आफ्नो रोग ट्राइजेमिनल न्यूरेल्जियाको बारेमा कुरा गरेका थिए। यो एक स्नायुसम्बन्धी समस्या हो जसमा अनुहारको स्नायुमा गम्भीर पीडा हुन्छ। यसका कारण बोल्ने, खाने र ब्रस गर्ने जस्ता सामान्य गतिविधिहरू पनि पीडादायी हुन्छन्।

कार्यक्रममा सलमान खानले फिल्म ‘तेरे नाम’ को प्रसिद्ध हेयरस्टाइलको बारेमा कुरा गर्दै भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामबाट प्रेरित भएर यो लुक अपनाएको बताए।

सलमानले फिल्म ‘आशिकी’ मा अभिनेता राहुल रोयको हेयरस्टाइल पनि यस्तै रहेको बताए। उनले भने, ‘मलाई लाग्यो कि सानो सहरको हिरोको कपाल लामो हुन्छ। पुरानो युगका धेरैजसो हिरोको पनि कपाल लामो हुन्थ्यो। त्यहीँबाट मलाई यो विचार आयो।’