फर्सीको मुन्टा टिप्न जाँदा सर्पले डस्दा मुनाको मृत्यु:

 संवाददाता    २०८२, ९ असार सोमबार १३:३४     289 जनाले पढ़िसके



Spread the love

सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा सर्पले ड’सेर एक महिलाको मृ’त्यु भएको छ ।

आइतबार बिहान करेसाबारीमा फर्सीको मुन्टा टिप्न जाँदा गोमन सर्पले ड’सेर ३६ वर्षीया मुना राईको मृ’त्यु भएको हो । राईलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा १० भाइल एन्टीस्नेक भेनम चलाएर थप उपचारका लागि जनकपुर लगिए पनि चिकित्सकले मृ’त घोषणा गरेका परिवारले जनाएको छ ।