कोशी प्रदेश लोकसेवा परीक्षा दिएर फर्किने क्रममा इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा दुई जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा बझाङका २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोटका २३ वर्षीया सिर्जना गिरी छन्। उनीहरू मोटरसाइकलमा सवार थिए ।
झापाबाट इलामतर्फ जाँदै गरेको ट्रक (प्रदेश १-०१-००१ ख ४५४७) ले उनीहरू चढेको मोटरसाइकल (बा ८९ प २२६६) लाई ठक्कर दिएको थियो। ग’म्भीर घाइते दुबैलाई बिर्तामोडको बिएन्डसी अस्पताल लगिएको भए पनि उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक पाँचथरका ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।