सिकार खेल्न जंगल छिरेकाहरू कार र बन्दूक छाडेर फरार

 संवाददाता    २०८२, ९ असार सोमबार १३:२०     487 जनाले पढ़िसके



Spread the love

विराटनगर । प्रहरीको गाडी देखेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको अमाहा जंगलमा सिकारी टोली राइफल र कार छाडेर भागेको छ ।

सिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै कार छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट बा. ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक बन्दुक बरामद गरेको छ । उनीहरू ५ जनाको समूह रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कारको नम्बरका आधारमा फरारहरूको पहिचान भइसकेको छ । उनीहरूलाई खोज्न प्रहरी परिचालन गरिएको छ ।