काउलीको भाउ बढ्यो, किलोको कति ?

 संवाददाता    २०८२, ९ असार सोमबार १२:४३     144 जनाले पढ़िसके



Spread the love

बजारमा स्थानीय काउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले स्थानीय काउलीको भाउ बढेको देखाएको हो ।

आज सोमबार कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

स्थानीय काउलीको भाउ एक सातादेखि निरन्तर बढ्दो क्रममा छ । एक साताअघि बजारमा स्थानीय काउली प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएको थियो ।

एक साताअघिको तुलनामा स्थानीय काउलीको भाउ प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ