संचारमाध्यमले सही, सत्य कुरा लेख्नुपर्नेमा जोड दिए ; राजकुमार लेखी

 संवाददाता    २०८२, ९ असार सोमबार १०:३३     170 जनाले पढ़िसके



Spread the love

मधेश सरकारका प्रवक्ता एवं प्रदेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीले संचारमाध्यमले सही, सत्य कुरा लेख्नुपर्नेमा जोड दिएका छन् ।

चलचित्र तथा लोकसंचार प्रवद्र्धन केन्द्र मधेश प्रदेशले सर्लाहीको लालबन्दीमा आयोजना गरेको सात दिने छायांकन तथा सम्पादन सम्वन्धी प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री लेखीले मिडिया यर्थात्को पक्षमा हुनुपर्ने बताएका हुन् । मन्त्री लेखीले मिडियाले वास्तविकतामा रहेर तीन तहका सरकारको कमी, कमजोरी उजागार गर्न सक्षम भए समाजमा सुशासन कायम हुने बताए ।

मन्त्री लेखीले प्रदेश सरकारसँग प्रहरी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आइरहेको गुनासो पोखेका छन् । संचारमाध्यम र संचारकर्मीको हकहितका लायि यो वर्ष विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको मन्त्री लेखीले बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन थप गर्ने, आठवटै जिल्लामा नेपाल पत्रकार महासंघलाई कार्यालय व्यवस्थापन गर्न १० लाख रुपैयाँ प्रदान गर्ने, महासंघमा आवद्ध पत्रकारको जीवन बीमा गर्ने, अग्रज तथा उत्कृष्ट पत्रकारलाई सम्मान गर्नेलगायतका कार्यक्रम आगामी बजेटमा राखिएको मन्त्री लेखीले जानकारी दिए । उनले प्रदेश सरकार आफ्नै रेडियो, टेलिभिजन, अनलाइन र समाचार समिति संचालनमा ल्याउने योजनामा रहेको समेत बताएका छन् ।

 

 

चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्ड जनकपुरधामका अध्यक्ष किशोरकुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डका सदस्य रामस्वागत चौधरी, सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, आम संचार प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख प्रशन्नराज कर्ण, प्रेस काउन्सिल मधेश प्रदेशका सदस्य बन्धना झा, आदिवासी जनजाति अगुवा अमिरी चौधरीलगायतले मन्तव्य व्यक्त गरेका छन्