६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालतमा पेश

 संवाददाता    २०८२, ८ असार आईतवार १५:४७     266 जनाले पढ़िसके



Spread the love

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालत लगिएको छ। रोकविरुद्धको पेसी न्यायाधीश बलराम लम्सालको इजलासमा परेको छ।

सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराइएकी रोकाको बयान जारी छ। बयान सकिएसँगै आजै थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ।

थुनछेक बहस पनि आजै सकियो भने धरौटी, तारेखमा छुट्ने या पुर्पक्षका लागि कारागार चलान हुनेमध्ये एक आदेशसमेत आउनेछ।

उनलाई गत शुक्रबार काठमाडौँको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। उनी सोही सुन तस्करी प्रकरणमा आरोपित बेलजियमका नागरिक दावा छिरिङका श्रीमती हुन्।