बास्कोटाको प्रश्न- संसद्‌मा पलेँटी कस्नेहरू कांग्रेसका पिँढीमा किन धाएका होलान् ?

 संवाददाता    २०८२, ७ असार शनिबार २०:११     323 जनाले पढ़िसके



Spread the love

सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको भेटबारे कटाक्ष गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत बास्कोटाले भिजिट भिसा प्रकरणबारे बोल्दै यसमा नयाँ ट्वीस्ट भए आश्चर्य मान्न नपर्ने बताएका छन् ।

 

रास्वपा उपसभापति डा. वाग्ले र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको विषय शुक्रबारमात्रै अनलाइनखबरमा प्रकाशित भएको थियो ।

‘भिजिट भिसामा संसद्मा पलेँटी कसेर दिन दिनै तमासा देखाउनेहरू रातभरि कांग्रेस नेताका पिँढीमा ‘देउन मलाई बास’ भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान् ?’, उनले भनेका छन्, ‘यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौ है ।’