जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

 संवाददाता    २०८२, ७ असार शनिबार १९:४९     217 जनाले पढ़िसके



Spread the love

भरतपुर महानगरपालिका-१८ गाजीपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ५२ वर्षीय आयुमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३३ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।