अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिका (साविक पोखरीया नगरपालिका) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिमा अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले श्रीवास्तव र साहलाई वीरगञ्ज प्रतिमा चोक र प्रगतिनगरबाट शुक्रबार नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट मोबाइल ४ थान मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए । उनका अनुसार हालका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सिंह र वडा नम्बर २ का सचिव ओमप्रकाश चौरासियाको साथबाट २ थान मोबाइल पनि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।