कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

 संवाददाता    २०८२, ६ असार शुक्रबार ११:४१     267 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कैलालीमा १६ दिनकी सुत्केरी महिला घर नजिकै मृत अवस्थामा फेला परेकी छन् ।

कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार (आज) बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक महिला घर नजिकै मृत अवस्थामा फेला परेकी हुन् । उनी १६ दिनकी सुत्केरी थिइन्। उनको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।