आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 संवाददाता    २०८२, ६ असार शुक्रबार ०९:२२     124 जनाले पढ़िसके



Spread the love

सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन् । विधायन व्यवस्थापन समिति र आर्थिक मामिला उपसमितिको बैठक आज बस्ने भएको छ ।

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।