कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने – पुरानो कुरा बिर्सिन चाहन्छु

 संवाददाता    २०८२, ५ असार बिहीबार १६:१३     238 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले आफूले पुराना कुरा बिर्सन चाहेका बताएका छन् ।

उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बिहीबारदेखि काममा फर्किएका उनले कार्यभार सम्हाल्दै आफूले पुराना कुरा बिर्सिन चाहेको बताएका हुन् ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारीको इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्च अदालत पाटनमा उत्प्रेषणको रिट दायर गरेका थिए ।