सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने

 संवाददाता    २०८२, ५ असार बिहीबार १२:२१     280 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बुधबार बसेको सो पार्टीको सचिवालयको बैठकले पार्टी स्थापना दिवसकै दिन असार ७ गते विहान नौ बजे पार्टी कार्यालयमा बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो ।

त्यस्तै रास्वपाले पार्टीको पहिलो महाधिवेशन सफल पार्न सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान चलाउने निर्णय पनि गरेको छ । सो पार्टीको महाधिवेशन आगामी फागुनमा गर्ने तय भएको छ ।