टी-२० त्रिकोणात्मक सिरिज: नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

 संवाददाता    २०८२, ५ असार बिहीबार १०:५८     292 जनाले पढ़िसके



Spread the love

स्कटल्यान्डमा जारी टि–२० आई त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्।

स्कटल्यान्डको टिटवुडको ग्लासगोमा हुने खेल बिहीबार राति पौने ८ बजे सुरु हुनेछ।

नेपालसँगको पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर जित निकालेको डच टोली नेपाली टोलीमाथि लगातार दोस्रो जितको खोजीमा छ।

नेपाल भने आजको खेलमा त्यो हारको बदला लिँदै सिरिजमा दोस्रो जित दर्ता गर्न चाहन्छ।

सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित नेदरल्यान्ड्सले दोस्रो खेलमा भने घरेलु टोलीलाई १७ रनले हराएको थियो।

यता नेपालले भने स्कटल्यान्डमाथि २ विकेटको जित हात पारेको थियो। नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ।

नेदरल्यान्ड भने नेपाललाई हराउँदै सिरिजमा तेस्रो जित निकाल्दै सिरिजकाे सुखद अन्त्य गर्न चाहन्छ।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ।