२०२५ जुन १७ मा मस्कोमा एफबीए ईएएस (FBA EAC) र आरएसपीपी (RSPP) का सदस्यहरू र नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिनिधिमण्डलबीच एक कार्यगत व्यापारिक भेटघाट सम्पन्न भयो। यो भेटघाट रचनात्मक र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भयो, र व्यापारिक सम्बन्धहरू विकास गर्न र अन्तरक्रियाका दिगो माध्यमहरू सिर्जना गर्न दुई पक्षको आपसी चासो प्रदर्शन गर्यो।
रूसी पक्षबाट, भेटमा आरएसपीपीको अन्तर्राष्ट्रिय द्विपक्षीय सहयोग विभाग र अन्तर्राष्ट्रिय बहुपक्षीय सहयोग तथा एकीकरण विभागका प्रतिनिधिहरू, आरएसपीपी बोर्ड सदस्य अनातोली टिकाचुक, साथै एफबीए ईएएसका उपाध्यक्षहरू अलेक्जेन्डर कोट्लारस्की, येगोर सेमेनोभ, निकोलाई साभेलेभ, बोर्डका उपाध्यक्ष मनीष कुमार र बोर्डका सल्लाहकार सर्गेई कोरोत्कोभ सहभागी थिए।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व रूसी संघका लागि नेपालका राजदूत जंगबहादुर चौहानले गरेका थिए। प्रतिनिधिमण्डलमा नेपाल लगानी बोर्डका सीईओ श्री सुशील ज्ञवाली, बोर्डका प्रतिनिधिहरू र नेपालको व्यापारिक समुदायका सदस्यहरू समावेश थिए।

संवाद र संभावित परियोजनाहरूको लागि प्लेटफर्म
आरएसपीपी बोर्ड सदस्य अनातोली टिकाचुकले आफ्नो भाषणमा एफबीए ईएएसको मिशन र कार्यहरू विस्तृत रूपमा प्रस्तुत गरेका थिए, युरेशियाली क्षेत्रमा वित्तीय-आर्थिक र उद्यमशीलता सहयोगको विकासको लागि यसको अद्वितीय बहुपक्षीय प्लेटफर्मको रूपमा जोड दिए।
“एफबीए ईएएसले अन्तर्राष्ट्रिय परियोजनाहरू सुरु गर्न इच्छुक व्यापारीहरुको विस्तृत दायरालाई एकिकृत गर्दछ, जसमा युरेशियाली क्षेत्रमा दिगो अन्तरक्रिया संयन्त्र खोज्नेहरू पनि समावेश छन्,” अनातोली निकोलायेभिचले टिप्पणी गरे।
नेपाल लगानी बोर्डले लगानीका लागि आफ्ना कुराहरु राखेको थियो, जसले देशमा अनुकूल लगानी वातावरण सिर्जना गर्न र विदेशी लगानी आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।लगानी बोर्ड प्रमुख सुशील ज्ञवालीले नेपालको आर्थिक विकासका प्राथमिकताका क्षेत्रहरूबारे आफ्ना कुराहरु राखेका थिए र रूसी र युरेशियाली साझेदारहरूसँगको सहयोगको सम्भावनाप्रति विश्वास व्यक्त गरेका थिए।

सहयोगका प्रमुख क्षेत्रहरू: ऊर्जादेखि शिक्षासम्म
एफबीए ईएएसका उपाध्यक्ष निकोलाई साभेलेभ र बोर्डका सल्लाहकार सर्गेई कोरोत्कोभले संयुक्त पहलहरू सुरु गर्न सकिने विशेष क्षेत्रहरुका बारे चर्चा गरे। यी, मुख्य रूपमा, ऊर्जा, पर्यटन, कृषि-औद्योगिक क्षेत्र, शिक्षा र उच्च प्रविधिहरू हुन्।
एफबीए ईएएस बोर्डका उपाध्यक्ष मनीष कुमारले रूस, भारत र नेपालबीचको त्रिपक्षीय सहयोगको महत्त्वमा ध्यान दिए। उनले रूसी विश्वविद्यालयहरूसँगको सहयोगलाई गहिरो बनाएर भारत र नेपालका विद्यार्थीहरूको लागि रोजगारी कार्यक्रम र शैक्षिक गतिशीलताको विकासको महत्त्वमा पनि जोड दिए। बैठकमा स्थिर अन्तरराज्यीय व्यापार संवादको लागि आवश्यक तत्वको रूपमा वित्तीय र बैंकिङ एजेन्डामा पनि छलफल गरिएको थियो।
एफबीए ईएएसका प्रथम उपाध्यक्ष अलेक्जेन्डर कोट्लारस्कीले सहभागीहरूलाई रूसी संघ र नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव, आउने जुन २०२६ मा मनाइनेछ, सो को बारेमा सम्झाए। “यो वार्षिकोत्सव विगतका सफलताहरू मनाउने मात्र नभई सम्मान, समानता र व्यापारिक चासोमा आधारित रणनीतिक साझेदारीका नयाँ रूपहरूमा जानको लागि पनि अवसर हो,” अलेक्जेन्डर इसायेभिचले भने।
बैठकको अन्त्यमा, दुई पक्षले संयुक्त परियोजनाहरूलाई अगाडि बढाउनको लागि नियमित दोहोरो संवाद,भ्रमण र परामर्श गर्ने सहमति जनाए। बैठकको भएका छलफलबारे आरएसपीपीका अध्यक्ष अलेक्जेन्डर शोखिनलाई जानकारी गराइनेछ।
निष्कर्ष निकाल्दै, एफबीए ईएएसका उपाध्यक्ष येगोर सेमेनोभले भने
“हामी नेपाललाई इच्छुक साझेदार मात्र नभई एशिया र युरेशियाका क्षेत्रहरूबीच घनिष्ठ आर्थिक अन्तरक्रिया निर्माण गर्ने कार्यमा सम्भावित सहयोगीको रूपमा पनि देख्छौं। हाम्रा सम्बन्धहरू संवादको चरणबाट व्यावहारिक सहयोगको ढाँचामा सर्नु महत्त्वपूर्ण छ।”
एफबीए ईएएस र आरएसपीपीले द्विपक्षीय सहयोग सुदृढ गर्न सक्रिय सहभागिताको लागि राजदूत चौहान र नेपाल लगानी बोर्डका सीईओ श्री ज्ञवालीप्रति कृतज्ञता व्यक्त गरे र बैठक बहुपक्षीय साझेदारीको विकासको लागि थप कदमहरूको लागि बलियो आधार बन्ने विश्वास व्यक्त गरे।