सिक्किम विश्वविद्यालयकी विद्यार्थी सुनैना सुब्बाको हिडन फल्समा दुखद निधन

 संवाददाता    २०८२, ४ असार बुधबार १४:४३     275 जनाले पढ़िसके



Spread the love

सिक्किम विश्वविद्यालयको लिम्बू विभागमा अध्ययनरत विद्यार्थी सुनैना सुब्बाको हिडन फल्समा भएको दुखद दु’र्घटनामा निधन भएको छ। सोरेङको टिम्बुरबोङ निवासी सुनैना मजुवा गाउँ नजिकैको हिडन फल्स भन्ने रमणीय झरनामा घुम्न गएको बेला यो दुर्भाग्यपूर्ण घटना भएको हो। प्राप्त जानकारीअनुसार, सुनैना उक्त क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्न गएकी थिइन्। तर, भिजेको र चिप्लो जमिनमा उनको खुट्टा चिप्लिएर उनी झरनाको गहिरो खोंचमा खसेकी थिइन्। यो दुखद खबरले उनको परिवार, साथीभाइ र सम्पूर्ण सिक्किम विश्वविद्यालय समुदाय स्तब्ध बनेको छ।