त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

 संवाददाता    २०८२, ४ असार बुधबार १३:४९     197 जनाले पढ़िसके



Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १ सय ६० ग्राम सुनसहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ५३ वर्षीया खेमानी मिना सिंह छिन् ।

दुबईबाट एयर अरेबियाको विमान आएकी उनलाई मङ्गलवार राति पक्राउ गरिएको अर्धठोस अवस्थाको सुन बरामद गरेर विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।