कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज

 संवाददाता    २०८२, ४ असार बुधबार ०९:१७     211 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ८ बजे सुरु हुने गरी बैठक बोलाइएको हो ।

कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न आजको बैठक बोलाइएको हो ।

यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।