चिनीको झोलामा खैरो हिरोइन ल्याउने युवक पक्राउ

 संवाददाता    २०८२, ३ असार मंगलवार १३:२५     484 जनाले पढ़िसके



Spread the love

प्रहरीले झापाबाट एक युवकलाई लागु औषध खैरो हिरोइनसहित पक्राउ गरेको छ।

मेचीनगर नगरपालिका- ६ काँकरभिट्टास्ति नेपाल भारत सीमा क्षेत्रको पुरानो मेचीपुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेमा झापाकै कन्काई नगरपालिका- ४ सुरुङगा घर भएका ३३ वर्षीय संञ्जित सिवा दर्जी छन्।

लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भाडाको सिटिसफारीमा भारतबाट नेपाल तर्फ आउँदै गर्दा उनलाई पक्राउ गरेको हो।

उनले बोकेको झोलाभित्र चिनीमा प्याक गरेको प्लाष्टिकको पोका खोली हेर्दा लागु औषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थ नापतौल गर्दा प्लाष्टिकसहित २२ ग्राम ५७० मिलिग्राम भएको पनि प्रहरीले जनाएको छ। उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।