प्रदीप खड्कालाई लिएर ‘लोभीपापी’ र ‘शुभविवाह’ फिल्म बन्ने

 संवाददाता    २०८२, ३ असार मंगलवार १२:४८     226 जनाले पढ़िसके



Spread the love

प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर दुई कथानक फिल्म निर्माण हुने भएका छन् । यी दुई फिल्मलाई चलचित्र विकास बोर्डले जेठमा निर्माण इजाजत दिएको छ ।

प्रदीपको नाम उल्लेख गरेर निर्माता थमनकुमार भण्डारीले बोर्डबाट फिल्म ‘लोभीपापी’को लागि निर्माण इजाजत लिएका छन् । यो फिल्मको बजेट २ करोड ३० लाख उल्लेख छ ।

 

भण्डारीले निर्माण गरेको फिल्म ‘एक्टर : टेक वन’मा प्रदीपको शीर्ष भूमिका थियो । त्यसपछि यी दुईबीच पुनः सहकार्य हुने निश्चित भएको हो ।

निर्देशक तथा निर्माता सुदर्शन थापाले पनि कलाकारमा प्रदीपको नाम उल्लेख गरेर फिल्म ‘शुभ विवाह’को लागि निर्माण इजाजत लिएका छन् । यो फिल्मको बजेट २ करोड बताइएको छ ।

 

प्रदीप अहिले ‘ऐरी’को छायांकनमा ब्यस्त छन् ।