सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई चलचित्र विकास बोर्डले सम्मान गर्ने

 संवाददाता    २०८२, २ असार सोमबार १२:४३     128 जनाले पढ़िसके



Spread the love

चलचित्र विकास बोर्डले स्थापनाको २५ औँ वार्षिकोत्सवको अवसरमा गएको २५ वर्षयता सर्वाधिक कमाई गर्ने फिल्मलाई सम्मान गर्ने भएको छ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै २५ फिल्मलाई सम्मान गर्ने जानकारी दिएको हो।

विकास बोर्ड स्थापना भएको मितिबाट वि.सं २०८२ साल जेठको मसान्तसम्म रिलिजमा आएका फिल्ममध्येबाट ५ करोड भन्दा माथि व्यापार गर्ने २५ फिल्मलाई सम्मान गर्न लागिएको हो।

विकास बोर्डको स्थापना वि.सं. २०५७ साल असार १६ गते भएको थियो। विकास बोर्डले ५ करोड भन्दा बढी कमाई गर्ने फिल्मका निर्मातालाई असारको ७ गते भित्र निवेदन दिन पनि आग्रह गरेको छ।

निर्माताले फिल्म दर्ता गर्दा सम्बन्धित वर्षको फिल्म निर्माण कम्पनीको अडिट रिपोर्ट, चलचित्र वितरकले चलचित्र निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात पेश गर्न समेत आग्रह गरेको छ।