३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

 संवाददाता    २०८२, १ असार आईतवार १६:१०     651 जनाले पढ़िसके



Spread the love

प्रहरीले बैंकिङ कसुर र चेक अनादर मुद्दाका तीनजना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

१६ लाख रुपैयाँ बराबरको बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १० भंगाल बस्ने वर्ष ४५ की मुना खातुन श्रेष्ठलाई जेठ ३० गते ललितपुरको ठेचोबाट प्रहरीले पक्राउ गरेको छ।

यस्तै, ११ लाख रुपैयाँ बराबरको बिगो रकम भएको ठगी कसुर मुद्दाका फरार प्रतिवादी भारतो कोलकत्ता प्रदेश, कोलकत्ता रोड नं २ घर भइ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका कपन बस्ने वर्ष ३८ को मोहमद अलि सोही स्थानबाट पक्राउ परेका छन्।

 

यसैगरी रु १२ लाख ५० हजार रुपैयाँ बराबरको बिगो रकम भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी सर्लाहीको ईश्वरापुर नगरपालिका ९ घर भइ काठमाडौँ महानगरपालिका ९ बत्तीसपुतली बस्ने वर्ष ६५ को अर्जुन थापालाई सोही स्थानबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।