सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

 संवाददाता    २०८२, १ असार आईतवार १०:५९     424 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो ।