राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

 संवाददाता    २०८२, १ असार आईतवार ०९:२२     174 जनाले पढ़िसके



Spread the love

सरकारले राष्ट्रिय समाचार समितिको (रासस) महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

इच्छुक तथा योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् असार १५ गतेसम्म, कार्यालय समयभित्र आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ।

३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र कानुन बमोजिम दर्ता भएको सञ्चार माध्यममा प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

प्राप्त आवेदनहरूमध्येबाट उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजनाको मूल्याङ्कन, त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा महाप्रबन्धक पदका लागि नियुक्तिको सिफारिस गरिने मन्त्रालयले जनाएको छ।

rss2