संसद्को गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

 संवाददाता    २०८२, १ असार आईतवार ०७:५६     227 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग आज छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले आज बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा छलफल हुनेछ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् ।