पानीको जार बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

 संवाददाता    २०८२, ३१ जेष्ठ शुक्रबार १२:४५     183 जनाले पढ़िसके



Spread the love

बिहीबार साँझ रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनीट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।

उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

 

रा १ क १४१२ नम्बरको मिनीट्रक दाङबाट रूकुमपश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गर्दा दुर्घटनामा परेको हो।

ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब दुई सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ। रासस