उच्च अदालतमा न्यायाधीश नियुक्तिका विषयमा निर्णय गर्ने आज शुक्रबार बिहानैदेखि न्याय परिषद्को बैठक जारी छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा न्याय परिषद्को सचिवालय बैठक बसिरहेको हो।
यसअघि मंगलबार सर्वोच्च अदालतमा एक सिट खाली राखेर ३ जना न्यायाधीश सिफारिस गरेको न्याय परिषद्ले अब उच्च अदालत न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ।
सर्वोच्चमा न्यायाधीश नियुक्ति: कांग्रेस कोटाबाट पोखरेल, एमालेलाई सिट खाली
लामो समयदेखि छलफल भइरहे पनि भागबन्डामा कुरा मिलेको छैन।
उच्च अदालतमा २४ न्यायाधीशको पद रिक्त छ।
अदालतका अधिकृत, सरकारी वकिल, कानुन अधिकृत र कानुन व्यवसायीबाट उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।