विमान खस्दा २४१ जनाको मृत्यु भएको अहमदाबादमा मोदी

 संवाददाता    २०८२, ३१ जेष्ठ शुक्रबार १०:५५     468 जनाले पढ़िसके



Spread the love

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको स्थानमा पुगेका छन्।

दुर्घटना स्थल अवलोकनपछि प्रधानमन्त्री मोदी सिभिल अस्पताल पुगेर घाइतेहरूलाई भेट्नेछन्।

बिहीबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २४१ को मृत्यु भएको थियो। एक यात्रु मात्र बाँच्न सफल भएका छन्।

 

लन्डनका लागि उड्नासाथ विमान आवासीय क्षेत्रमा खसेको थियो।

विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एकजना भारतीय मूलका बेलायती यात्रु मात्र बाँच्न सफल भए।

दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भयो।