काठमाडौँको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परे’;

 संवाददाता    २०८२, ३० जेष्ठ बिहीबार १३:४८     298 जनाले पढ़िसके



Spread the love

काठमाडौँको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूको साथबाट ३९ लाख ९९ हजार ४ सय रुपैयाँसमेत बरामद गरेको छ । एसपी काजीकुमार आचार्यले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।