दक्षिण अफ्रिका आएको बाढीले स्कुल बस बगायो, बाढीका कारण ४९ जनाको मृत्यु

 संवाददाता    २०८२, ३० जेष्ठ बिहीबार १०:२६     127 जनाले पढ़िसके



Spread the love

दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा परेको मुसलधारे वर्ष पछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ।

पानी सँगै आएको बाढीले मंगलबार एक स्कुल बससमेत बगाएको अफ्रिकी अधिकारीले जनाएका छन्। एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टिभी च्यानललाई बताएअनुसार बस चालकसहित जम्मा आठ जनाको शव निकालिएको छ।

अन्य अधिकारीहरूले मंगलबार तीन जना विद्यार्थीलाई उद्धार गरिएको बताएका छन् भने बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन। अन्यको खोजी कार्य जारी रहेको छ।

पूर्वी केप प्रान्तकामा आएको बाढी र केही भागहरूमा परेको भारी हिमपातका कारण पूर्वी केप प्रान्तका सयौँ मानिसहरू विस्थापित भएका छन् र अस्थायी आश्रय स्थलहरूमा बसिरहेका छन्।