अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ।
राजधानी बगदादस्थित आफ्नो दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको हो।
अमेरिकाले आफ्ना कर्मचारी फिर्ता बोलाउनुको ठोस कारण बारे केही नखुला पनि इरानसँगको आणविक वार्ता रोकिएको र क्षेत्रीय तनाव बढेको पृष्ठभूमिमा यो कदम चालेको हुन सक्ने बीबीसीले जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग सम्झौताको सम्भावना न्यून रहेको बताएका छन्। इरानी रक्षामन्त्रीले वार्ता असफल भए अमेरिकी अड्डाहरूलाई लक्ष्य बनाउने चेतावनी दिएका छन्। रक्षा विभागका अनुसार इराकमा लगभग २ हजार ५ सय अमेरिकी सेनाहरू छन्।