चीनसँग दुर्लभ धातुबारे सम्झौता भएको ट्रम्पको दाबी

 संवाददाता    २०८२, ३० जेष्ठ बिहीबार १०:१४     191 जनाले पढ़िसके



Spread the love

अमेरिका र चीनबिच चिसिएको सम्बन्धमा तातोपनाको सङ्केत देखिएको छ । दुई देशले एउटा सम्झौता गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।

उनका अनुसार अमेरिकी कम्पनीलाई चुम्बक र दुर्लभ धातु उपलब्ध गराउने चीन सहमत भएको छ । यसको सट्टामा अमेरिकाले चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने धम्की फिर्ता लिने भएको छ ।

‘हामीले चीनसँग सम्झौता गरेको छौँ, यसलाई सी र मैले अन्तिम अनुमोदन गर्न बाँकी छ ।’ टु«थ सोसलमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन् । लन्डनमा दुई देशका प्रतिनिधिबिच दुई दिनसम्मको बहसपछि यो सहमति भएको हो ।

मेमा युद्धविराममा सहमति जनाएयता दुवै देशले एक अर्कामाथि सोको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए । पोस्टमा ट्रम्पले सम्झौताका बारेमा खासै धेरै जानकारी दिएका छैनन् । बिहीबार ट्रम्पले विश्वभरका देशहरूमाथि एकतर्फी ट्यारिफ लगाउने भनेका थिए ।