तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

 संवाददाता    २०८२, २९ जेष्ठ बुधबार ११:३३     521 जनाले पढ़िसके



Spread the love

तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेस राज बास्तोलाको संयोजनमा लिजवन, पोर्चुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।

सुवेदी लगायतको टोलीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ हस्तान्तरण गरे । खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबाट उपलब्ध भएको हो ।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।