सेयर बजारमा उत्साह कायमै, १० अर्ब माथिको कारोबार

 संवाददाता    २०८२, २८ जेष्ठ मंगलवार १६:१५     222 जनाले पढ़िसके



Spread the love

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धि आएको छ। आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९.३४ अंकमा पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ०.९७ प्रतिशतले बढी हो ।

परिसूचकसँगै बजारको कारोबारमा पनि उत्साह देखिएको छ। बजारमा आज २४८ कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर कारेबार हुँदा १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

बजारमा कारोबार भएका कम्पनीमध्ये आज १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीको शेयर घटेको छ । बजारमा आज सबै समूहको मूल्य बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.१२ प्रतिशतले बढेको छ । बजारमा आज नेप्से भन्दा सेन्सेटिभ परिसूचक धेरैले बढेको देखिन्छ । यसले लगानीकर्ताहरु ठूला कम्पनीमा आकर्षित भएको देखिएको छ ।

बजारमा आज पियोर इनर्जी र श्री इन्भेष्टमेन्टको मूल्यमा सकारात्मक सर्किट लागेको छ । रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ ।