आईसीसी लिग–२ अन्तरगत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ।
नेपाल ओपनर एवम् विकेटकिपर आसिफ शेखसहित सोमपाल कामी र गुल्शन झाबिनै मैदान उत्रिने भएको हो। सोमपाल र गुल्शन घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
आसिफको स्थानमा अनिल साहले मौका पाएका छन्। गुल्सनको स्थानमा बसिर अहमद र सोमपाल कामीको स्थानमा नन्दन यादवलाई समेटिएको छ।
यसअघि यी तीनै खेलाडीले सिरिजका तीनवटै खेल खेलेका थिए। सोमपाल र गुल्शन घाइते भएकाले टी–२० सिरिजका खेल पनि गुमाउने भएका हुन्।
यसअघि सिरिज अन्तरगत कै खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। नेदरल्यान्ड्स जितबिहिन छ।