३८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै सरकार

 संवाददाता    २०८२, २८ जेष्ठ मंगलवार ११:०३     174 जनाले पढ़िसके



Spread the love

सरकारले बुधबार ३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधि रहेको उक्त ऋणपत्र बोलकबोल गर्न लागेको हो ।

यसका लागि मंगलबार १० बजेदेखि ३ बजेसम्म बोलकबोल समय निर्धारण गरिएको छ । सो अवधिमा सबैभन्दा कम ब्याजदर बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा विकास ऋणपत्र बाँडफाँट गरिने कार्यालयले जनाएको छ ।

विकास ऋणपत्रलाई सरकारले आन्तरिक ऋण उठाउने एउटा प्रमुख औजारको रूपमा प्रयोग गर्दै आएको छ । यसअघि गत चैत १३ गते अन्तिमपटक ऋणपत्र निष्कासन भएको थियो । त्यो समयमा ४.४९ प्रतिशतमा उक्त ऋणपत्र बोलकबोल भएको थियो । हालसम्म औसतमा भने ४।७२ प्रतिशतमा ऋणपत्र बिक्री हुँदै आएको छ ।

अहिले आर्थिक वर्षको अन्तिम सुरु हुन लाग्दा सरकारले फेरि विकास ऋणपत्र बिक्री गर्न थालेको हो ।