बेपत्ता राजेश श्रेष्ठको शव बेगनास तालको ३५ फिट गहिराइमा फेला

 संवाददाता    २०८२, २७ जेष्ठ सोमबार १२:१२     269 जनाले पढ़िसके



Spread the love

कास्की जिल्लाको पोखरा महानगरपालिका–३१ स्थित माझीकुनामा रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव ३५ फिट गहिराइबाट निकालिएको छ।

गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३, मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ साढे ७ बजे तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। पोखरा भ्रमणमा रहेका श्रेष्ठ लेकवेभ होटलमा बस्दै आएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको गोताखोर टोलीले सोमबार बिहान १० बजे बेपत्ता श्रेष्ठको शव फेला पारेको हो।

उक्त टोलीले करिब ३५ फिट गहिराइमा खोजी गर्दै श्रेष्ठको शव निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।