आज कति छ सुनचाँदीको मूल्य ?

 संवाददाता    २०८२, २७ जेष्ठ सोमबार ११:४२     372 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।