बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु;

 संवाददाता    २०८२, २६ जेष्ठ आईतवार १०:१४     160 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर टिप्परको ठक्करबाट नाम नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले लाई बताए ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिप्पर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

चालकलाई मण्डनदेउपुरबाट आइतबार बिहान नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको एसपी बोहराले जानकारी दिए ।