विश्वकप लिग–२: स्कटल्यान्ड र नेदरल्यान्डस भिड्दै

 संवाददाता    २०८२, २४ जेष्ठ शुक्रबार १३:०९     243 जनाले पढ़िसके



Spread the love

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज शुक्रबार घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दैछन्। डुन्डीको फोर्थहिलमा हुने खेल पौने चार बजे सुरु हुनेछ।

त्रिकोणात्मक सिरिजको सुरुवाती खेलमा हार भोगेका दुवै टोली पहिलो जितको खोजीमा मैदा उत्रनेछन्। सिरिजको पहिलो खेलमा नेपालसँग १ विकेटले पराजित भएको स्कटल्यान्ड घरेलु मैदानमा पहिलो जित निकाल्न चाहान्छ। यता नेपालसँग नै ५ विकेटले पराजित भएको नेदरल्यान्डस घरेलु टोलीलाई पराजित गर्दै पहिलो जितको खोजीमा छ।

स्कटल्यान्ड र नेदरल्यान्डसको पछिल्लो पाँच खेललाई हेर्ने हो भने नेदरल्यान्डसले तीन खेलमा जित निकालेको छ। दुई खेलको नतिजा स्कटल्यान्डको पक्षमा परेको छ।

लिग-२ को अंक तालिकामा नेदरल्यान्डस् दोस्रो स्थानमा छ। २१ खेलमा १२ खेलमा जित, ७ खेलमा हार र २ खेलमा अंक बाँडेको नेदरल्यान्डस् २६ अंकमा दोस्रो स्थानमा छ।

१७ खेलबाट ९ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अंक बाँडेको स्कटल्यानड २० अंकमा चौथो स्थानमा छ। लिगमा १२ खेल खेलेको नेपाल चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै १० अंकमा तालिकाको सातौँ स्थानमा छ।