टिचिङ अस्पतालले माग्यो १०० जना नर्स

 संवाददाता    २०८२, २४ जेष्ठ शुक्रबार १२:५९     275 जनाले पढ़िसके



Spread the love

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले १०० सय जना नर्स मागेको छ। अस्पतालले आज एक सूचना गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ।

अस्पतालको आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको सूचनामा उल्लेख गरिएको छ।

इच्छुक उम्मेदवारहरूले आगामी २५ जेठ देखि असार १ गते सम्म बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन्। नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका योग्य व्यक्तिहरूले यो अवसरका लागि आवेदन दिन पाउने छन्।
४० वर्ष नकटेका पुरुष र ४५ वर्ष सम्मका महिलाले आवेदन दिन पाउनेछन्।